समाचार

निर्वाचन प्रयोजनका लागि आइतबारदेखि नै दल दर्ता हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ । बिहीबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सोबारे जानकारी गराएका हुन् । यस्तै, आउँदो हप्ता देखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाउने उनले बताए ।...

अष्ट्रेलियामा गोली हानी ३ जनाको हत्या

अस्ट्रेलिया । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा रहेको प्रहरीले बिहीबार एक ग्रामीण इलाकामा गोली हानी तीन जनाको हत्या गरिएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ९ः०० बजे राज्यको उत्तरपूर्वमा रहेको सानो सहर बोगीमा धेरै जनालाई गोली हानी हत्या गरिएको सूचनापछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो । क्विन्सल्यान्ड प्रहरी टम आर्मिटका कार्यकारी सुपरिटेन्डेन्टले...

कुकुर मारेको आरोपमा महिला पक्राउ

काठमाडौं । हँसियाले हानेर कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ४ की एक महिला रहेका छन् । आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै मिलिजुली टोलकी जुना बरालले बुधबार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मारेकी थिइन् । उनले कुकुर मारेको भिडियो सामाजिक...

मन्त्रिपरिषद बैठक : सचिवहरुको सरुवा

काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरु सरुवा गरेको हो । एक मन्त्रीका अनुसार अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । त्यस्तै, बिहीबार नै सचिवमा बढुवा...

उचारचढावकाबीच ३८ अंकले घट्यो शेयर बजार

काठमाडौं । गत साता सुधारिएको शेयर बजार यस साता एकाएक क्रमिक रुपमा घट्न पुगेको छ । अघिल्ला २ दिन झिनो अंकले घटेको मार्केट आज ३८.६१ अंकले घटेर २१४८ को विन्दुमा कायमा हुन पुगेको छ । नेप्सेका फ्लोरसिटअनुसार आज सूचीकृत २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच...

शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य स्थगित गर्ने भएको छ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गर्ने भएको हो । आयोगका अनुसार, सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै...

सात महिनामा भित्रिए तीन लाख विदेशी पर्यटक

काठमाडौं । सन् २०२२ को सात महिनाको अवधिमा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर २ लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि शुक्रबार बस्ने भएको छ । बैठक विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो । सत्ता गठबन्धनको बैठकमा सीट...

ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

दाङ । दाङमा आज बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल...

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकरी दिए । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको जानकारी दिएका थिए । बुधबार...