समाचार
दुध बिक्रीको प्रोत्साहन अनुदान रकम हस्तान्तरण
मकवानपुर । जनजागृती बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई दुध बिक्रीको प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरिएको छ । संस्थाले शुक्रबार एक कार्यक्रमबीच मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ सिमलटारका किसानलाई प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो । उक्त अनुदान रकम गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उक्त प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् ।...
हेटौंडामा कोरा साइकलिङ हुँदै
मकवानपुर । हेटौंडा राइडर्स क्लबले शनिबार हेटौंडा कोरा साइकलिङको आयोजना गर्ने भएको छ । राइडर्स क्लबले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सम्मेलनमा क्लबका अध्यक्ष विकास ताम्राकारले ५० किलोमिटरमा हेटौंडा कोरा साइकलिङ कार्यक्रम गरिने जानकारी दिए । उनका अनुसार, हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु...
थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ९१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमणमुक्त...
‘जनता पार्टीको सेवक होइन, देशको मालिक बन्नुपर्छ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनता पार्टीको सेवक नभई देशको मालिक हुनुपर्ने बताएका छन् । अध्यक्ष थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै सो कुरा बताएका हुन् । उनले सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने प्रवृत्तिको...
गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेतवार्ता भएको छ । गृहमन्त्री खाण र राजदूत यान्छीबीच शुक्रबार बिहान गृहमन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा...
माओवादी अध्यक्ष प्रचण्ड आज जापान जाँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाँदै छन् । प्रचण्ड आज राति १० बजे जापान प्रस्थान गर्ने भएका हुन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान...
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सहमति
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । कार्यदल सदस्यमा नेपाली कांग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट...
साइकलको ठक्करबाट एक वृद्धको मृत्यु
मोरङ । मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।...
हेटौंडा उपमहानगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क रुपमा रगत उपलब्ध गराउने भएको छ । उपमहानगरपालिकाले जिल्ला रेडक्रस सोसाइटी कार्यालय मकवानपुरसँग सहकार्य गरेर उपमहानगरपालिका क्षेत्रका नागरिकहरुलाई लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो । मान्यता प्राप्त अस्पतालमा उपचाररत हेटौंडाको बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यक अनुसार रगत रेडक्रसद्वारा संचालित...
तामाङ पत्रकार संघ मकवानपुरले हेटौंडामा अन्तरक्रिया तथा सम्मान कार्यक्रम गर्ने
मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरले आगामी भदौं १ गते हेटौंडामा पत्रकार र सरोकारवालाबीच अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । संघको बिहीबार बसेको बैठकले २८ औं तामाङ प्रसारण दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको संघका अध्यक्ष जयराम मोक्तानले जानकारी दिए । दिवसको अवसरमा हरेक...










