थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ९१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ७६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।