समाचार

२ करोड बराबरको स्ल्याब ढलान गर्न मनहरी २ मा सर्वेक्षण सुरु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा स्ल्याब ढलान गर्न सर्वेक्षण सुरु गरिएको छ । प्रदेश सरकार र मनहरी गाउँपालिको २ करोड रुपैयाँ बराबरको संयुक्त बजेटबाट स्ल्याब ढलान गर्न लागिएको हो । प्रदेश सरकारबाट शसर्त अनुदान मार्फत विनियोजित ९९ लाख ९६ हजार रुपैयाँको बजेटमा गाउँपालिकाले सोही बराबरको...

कैलाश गाउँपालिकाले जेटीए पढ्न २० जनालाई छात्रवृत्ति दिने

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले कृषि प्राविधिक विषय जेटीए पढ्न २० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । विद्यार्थीहरूले जेटीएतर्फ कृषि वा पशु विषयमध्ये कुनै एक विषय रोज्न पाउनेछन् । यो वर्ष पालिकाको प्रत्येक वडाबाट २/२ जनाको दरले छात्रवृत्ति दिइने अध्यक्ष लोकबहादुर मुक्तानले बताए । छात्रवृत्ति पाएका विद्यार्थीहरूले...

जापानमा रोजगारी दिने सहमति

काठमाडौं । नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, आज बिहान गण्डकी, कर्णाली, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम...

अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

उदयपुर । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौधरीलाई इलाका प्रहरी...

मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २९ मा पर्ने केराबारीमा गएराति ठूलो पहिरो गएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको...

सिट बाँडफाटबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर छलफल गर्न लागेको यो पहिलो पटक हो । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४...

मतदाता नामावली संकलन आजदेखि स्थगित

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । आयोगका अनुसार, मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन...

थप ७६० जनामा कोरोना पुष्टि, एकको मृत्यु

मकवानपुर । नेपालमा थप ७ सय ६० जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार ९ सय २६ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५ सय ९८ आरटी...

स्तनपानले पोषणमा सुधार गर्छ : लामा

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य निमा लामाले स्तनपानले पोषणमा सुधार गर्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताह २०२२ को अवसरमा स्वास्थ्य सन्देश जारी गर्दै मन्त्री लामाले स्तनपान कोभिड महामारी पछिको दिगो विकास रणनीतिको लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले पोषणमा सुधार गर्ने, खाद्य सुरक्षा...