मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

तु खबर संवाददाता
२०७९ श्रावण २०,शुक्रबार ०८:४८
file photo

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २९ मा पर्ने केराबारीमा गएराति ठूलो पहिरो गएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ । गत सोमबारदेखि नै यो सडकखण्ड राम्रोसँग संभालनमा आउन सकेको छैन । पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती भोगिरहेका छन् ।