सिट बाँडफाटबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ श्रावण २०,शुक्रबार ०८:४०
file-photo

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर छलफल गर्न लागेको यो पहिलो पटक हो ।

सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।सत्ता गठबन्धनका एकजना नेताले आजको बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुने बताए ।