समाचार

कर्मचारीको तलब बढाउन आयोग गठनको तयारी

काठमाडौं । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ । राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्देश्यसहित सरकारले उच्च स्तरीय तलब आयोग गठन गर्न लागेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा...

गठबन्धन बनाउँदा एउटै चिह्न लिएर उम्मेदवारी दिन पाउने

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै रहेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले...

थाइल्यान्डको नाइटक्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु

काठमाडौं । दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगोलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार १ बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो । आगलागीको कारण खुलेको...

आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार देशका पहाडी भू–भागका केही र...

नेपाल समाजवादी पार्टीको बैठक बस्दै

काठमाडौं । नेपाल समाजवादी पार्टीको बैठक आज बस्दैछ । बैठक काठमाडौंमा बस्ने भएको हो । उक्त बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए । यस्तै, बैठकमा आगामी निर्वाचनबारे पनि छलफल...

भारतमा उपराष्ट्रपति निर्वाचन आज हुँदै

काठमाडौं । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा हुने भएको हो । साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय...

नुवाकोट केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्र​का अनुसार, नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युड भूकम्प गएको हो । गत साउन १५ गते पनि खोटाङ...

निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो । दल...

७ वर्षीया बालिका मृत अवस्थामा फेला

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर १ मा एक बालिका खोलामा मृत अवस्थामा फेला परेकी छन् । चाया भावर बस्ने सन्तोष जोल्नी मगरकी ७ वर्षीया छोरी तिल्सरी शुक्रबार खोलामा मृत अवस्थामा फेला परेकी हुन् । बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार...

सुनको औंठी र मोबाइलसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका वडा नम्वर ३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका–८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् । हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल...