७ वर्षीया बालिका मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ श्रावण २०,शुक्रबार १८:४४
file photo

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर १ मा एक बालिका खोलामा मृत अवस्थामा फेला परेकी छन् । चाया भावर बस्ने सन्तोष जोल्नी मगरकी ७ वर्षीया छोरी तिल्सरी शुक्रबार खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।

बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएको छ । उनका बुबा सन्तोष निम्न माध्यमिक तहको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका थिए । आमा पन्चकला रोजगारीको सिलसिलामा भारत रहेकी छन् । उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन् ।