समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, आज बिहान गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र...
प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदैछ । दल दर्ता गर्न आजदेखि साउन ३१ गतेसम्मका लागि समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना...
बागमती प्रदेशमा अपराध सम्बन्धी मुद्दा बढ्दो
मकवानपुर । बागमती प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा अपराध सम्बन्धी मुद्दा दर्ता बढेका छन् । प्रदेशको काठमाडौं उपत्यका बारहेका १० जिल्लामा १ दशमलव ४० प्रतिशतले अपराध सम्बन्धी मुद्दा दर्ता बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार। अघिल्लो आर्थिक...
निजामती कर्मचारी संगठन बागमती प्रदेशमा बरुण शाह
मकवानपुर । नेपाल निजामती कर्मचारी संगठनको बागमती प्रदेश कार्यसमितिको अध्यक्षमा बरुण कुमार शाह चयन भएको छ । संगठनको हेटौंडामा सम्पन्न प्रथम अधिवेशनले शाहको अध्यक्षतामा २९ सदस्य कार्यसमिति चयन गरिएको हो । यस्तै, संगठनको उपाध्यक्षहरुमा राजेन्द्रकुमार दराइ, प्रमिला केसी तथा युवराज थापा चयन भएका छन् । यसैगरी, महासचिवमा हेमकुमार पाठक,...
राष्ट्रिय युवा मोर्चा मकवानपुरको संयोजकमा शाह
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको भातृ संगठन राष्ट्रिय युवा मेर्चाले विवेक बिक्रम शाहको नेतृत्व पाएको छ । मोर्चाको शनिबार हेटौंडामा भएको भेलाले शाहको संयोजकत्वमा ३७ सदस्यीय कार्यसमिति गठन गरेको छ । सहसंयोजकमा विरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा विवेक श्रेष्ठ, सचिवमा अप्सरा ढुंगेल, विशेक बिक्रम शाह, सन्जोक श्रेष्ठ र कोषाध्यक्षमा...
हेटौंडाका भोम्जन र थिङ पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ कमानेभोर्लेबाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरुमा स्थानीय ५६ वर्षीय मंगलसिंह भोम्जन र २९ वर्षीय कृष्ण थिङ रहेका छन् । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी...
दुर्घटनामा परेर मकवानपुरकी मगरको मृत्यु
मकवानपुर । काठमाडौं कोटेश्वरमा सडक छेउमा रोकी राखेको टिपरमा मोरटसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार सडक छेउमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको ट्रिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका...
हेटौंडा राइडर्स क्लबको आयोजनामा कोरा साइकलिङ
मकवानपुर । हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार कोरा साइकलिङ सम्पन्न भएको छ । उक्त साइकलिको हेटौंडा उपमहानगर वडा नम्वर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले उद्घाटन गरेका हुन् । उक्त साइकलिङ भुटनदेवी मन्दिरबाट सुरु भई फरेष्ट्रि कर्रा गुम्बा हुदैं कमलडाँडा, पशुपति मन्दिर, हुप्रचौर, परिजातपथ हुदैं कान्तिराजपथ, बुद्धचोक, वन कार्यालय, जलेश्वर...
कुलोमा डुबेर बालकको मृत्यु
धनगढी । कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीक अनुसार, साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर दिनेश गम्भीर घाइते भएका थिए...
थप ६६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ६६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६८२ परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र २ हजार ७४० एन्टिजेन परीक्षणमा...










