कुलोमा डुबेर बालकको मृत्यु
धनगढी । कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीक अनुसार, साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर दिनेश गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि अहिले टीकापुर अस्पतालमै राखिएको छ ।
