दुर्घटनामा परेर मकवानपुरकी मगरको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण २१, शनिबार १८:३३

मकवानपुर । काठमाडौं कोटेश्वरमा सडक छेउमा रोकी राखेको टिपरमा मोरटसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार सडक छेउमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको ट्रिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ की घर भई हाल भक्तपुरको चारदोबाटो बस्दै आएकी ३६ वर्षीया भुमिका आले मगर रहेकी छन् । दुघर्टनामा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा माइतीघरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा परेर मोटरसाइकल चालक भक्तपुरको नयाँठिमी बस्ने दोलखाको बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा भइरहेको जनाइएको छ ।