राष्ट्रिय युवा मोर्चा मकवानपुरको संयोजकमा शाह
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको भातृ संगठन राष्ट्रिय युवा मेर्चाले विवेक बिक्रम शाहको नेतृत्व पाएको छ । मोर्चाको शनिबार हेटौंडामा भएको भेलाले शाहको संयोजकत्वमा ३७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
सहसंयोजकमा विरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा विवेक श्रेष्ठ, सचिवमा अप्सरा ढुंगेल, विशेक बिक्रम शाह, सन्जोक श्रेष्ठ र कोषाध्यक्षमा सौरभ खड्का चयन गरेको राप्रपा पार्टी जिल्ला उपाध्यक्ष शंकर सिंह ठकुरीले जानकारी दिए ।
यस्तै, भेलाले निरजलन पुडासैनीको संयोजकत्वमा २७ सदस्यीय हेटौंडा उपमहानगर कार्यसमिति चयन गरेको छ । नगर सहसंयोजकमा जिसु श्रेष्ठ, उपाध्यक्षमा अमन रोय, सचिवमा सुनिल न्यौपाने, सहसचिवमा राजिव विडारी र सुनिल क्षेत्री चयन भएको उपाध्यक्ष ठकुरीले जानकारी दिए ।
भेला राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको हो । पार्टी जिल्ला उपाध्यक्ष शंकर सिंह ठकुरीले सञ्चालन गरेको कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष सागर थापा, क्षेत्रीय सदस्य राममणि पराजुली, पुष्कर अर्याललगायतको आतिथ्यता थियो ।
