समाचार
आज साउनको चौथो सोमबार
मकवानपुर । आज साउन महिनाको चौथो सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ बिहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो । साउन महिनाको अर्को आकर्षण...
मनहरीका बिरामीलाई निःशुल्क रगत
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले बिरामीलाई उपचारका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । पालिकाले पालिकाभित्रका बिरामी निःशुल्क रकम उपलब्ध गराउने भएको हो । आइतबार एक कार्यक्रमकाबीच मनहरी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको हो । मान्यता प्राप्त अस्पतालमा उपचार गराउने मनहरीका बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा...
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । राष्ट्रिय सभाको १२ औँ अधिवेशनको ४५ औँ बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।...
भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा चौलागाईँ
मकवानपुर । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीपरिषद् बैठकले उनलाई भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा नियुक्त गरेको हो । चौलागाईँलाई साउन १९ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार विज्ञ सदस्य नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।...
आज यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनुका साथै कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै,...
निर्वाचन आयोग : ५ वटा दल दर्ता
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचनको मिति घोषणा भएर दल दर्ता गर्न आह्वान गरेको पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आज सिके राउत...
प्रगतिशील टोलको अध्यक्षमा जयराम खतिवडा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा रहेको प्रगतिशील टोल विकास संस्थाको अध्यक्षमा जयराम खतिवडा चयन भएका छन् । संस्थाको १८ औं वार्षिक साधारण सभाबाट खतिवडाको नेतृत्वमा ११ सदस्यीय सर्वसम्मत चयन गरिएको हो । यसैगरी, उपाध्यक्षमा सविना प्याकुरेल, सचिवमा श्याममणि पौडेल, कोषाध्यक्षमा सन्तोष पुडासैनी चयन भएका छन् ।...
गरगहना र नगद लुटपाट गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । बालाजु सडकमा हिडिरहेकी एक महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–३ घर भई हाल टोखा–३ बस्दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका–३ बस्ने १९ वर्षीय अमिर महर्जन रहेका छन् । उनीहरुलाई काठमाडौं...
२४ घण्टामा थप १० हजारले बुस्टर डोज लगाए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ५३ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको बुस्टर डोज खोप लगाएको छन् । हालसम्म लक्षित जनसङ्ख्या ३१.५ प्रतिशतले बुस्टर डोज लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, लक्षित जनसङ्ख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार...
अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोग कार्यालयमा लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेतमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र...










