भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा चौलागाईँ
मकवानपुर । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीपरिषद् बैठकले उनलाई भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा नियुक्त गरेको हो ।
चौलागाईँलाई साउन १९ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार विज्ञ सदस्य नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । यसअघि भूमि आयोगको अध्यक्षमा विष्णुप्रसाद दाहाल नियुक्त भईसकेका छन् । चौलागाईँ नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता समेत हुन् ।
