समाचार
एमाले बागमतीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने भएको छ । सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । उक्त निर्णयानुसार प्रदेशभित्रका जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलन तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी ब्यक्तिहरुको खोजी...
सोमबार दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन झिनो अंकले सुधार देखिएको नेप्से परिसूचक आज १७ दशमदव ६७ अंकले घटेर २१०६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा २...
हेटौंडामा न्यूनतम खानेपानी महशुल निःशुल्क गर्ने सम्झौता
मकवानपुर । हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाबीच खानेपानीको न्यूनतम महशुल रकम उपभोक्तालाई निःशुल्क गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापा तथा खानेपानी व्यवस्थापन बोर्डको तर्फबाट निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल र लेखापाल संजय...
चौथो अन्तर्राष्ट्रिय सोसल अवार्ड बाकुमा हुने
मकवानपुर । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा बाकुमा चौंथो अन्तर्राष्ट्रिय सोसल अवार्ड २०२२ हुने भएको छ । पर्यटकीय हिसावले चर्चित देश अजरबैजान (बाकु) मा हुने अवार्ड कार्यक्रममा मकवानपुरेसहित २५ जनाले अन्तर्राष्ट्रिय अर्वाड पाउने भएका छन् । यस अघि सन्देश इन्टरनेशनल अवार्ड नाम गरिएको अवार्डको नाम परिवर्तन गरी...
थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ९३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३५१ जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २...
हेटौंडामा सवारी दुर्घटना
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा सोमबार बिहान सवारी दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रातमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ६२५४ नम्बरको ट्रकले ना १ क ५१२३ नम्बरको स्कुल बससहित तीन वटा सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले...
हेटौंडाका दुई युवा प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नयाँपुलस्थित बाटोबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा–१२ पदमपोखरीका २८ वर्षीय रमेश बिक र २८ वर्षीय सजन बिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई अस्थाई प्रहरी पोष्ट थानाभर्याङबाट गस्तीमा खटिएको प्रहरी टोलीले शनिबार...
ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचन लड्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । शाहीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । पत्रकार सम्मेलनमा...
सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । बैठक बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा...
सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दै
काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँढफाँड गर्न आज सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दैछ । साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिन पाँच दलीय सत्ता गठबन्धनद्वारा गठित कार्यदलको पहिलो बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।...










