चौथो अन्तर्राष्ट्रिय सोसल अवार्ड बाकुमा हुने

तु खबर संवाददाता
२०७९ श्रावण २३, सोमबार १६:३४

मकवानपुर । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा बाकुमा चौंथो अन्तर्राष्ट्रिय सोसल अवार्ड २०२२ हुने भएको छ । पर्यटकीय हिसावले चर्चित देश अजरबैजान (बाकु) मा हुने अवार्ड कार्यक्रममा मकवानपुरेसहित २५ जनाले अन्तर्राष्ट्रिय अर्वाड पाउने भएका छन् ।

यस अघि सन्देश इन्टरनेशनल अवार्ड नाम गरिएको अवार्डको नाम परिवर्तन गरी अन्तर्राष्ट्रिय सोसल अवार्ड २०२२ बनाइएको आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विगतका वर्षहरु झैं यस वर्ष पनि विभिन्न क्षेत्रमा कृयाधिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरु लाई विभिन्न विधामा अवार्ड प्रदान गरिने पत्रकार सम्मेलनमा क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।

आगामी भदौं २७ गते अर्थात १२ सेप्टेम्बर २०२२ देखी २०७९ असोज ३ अर्थात १९ सेप्टेम्बर २०२२ सम्म अजरबैजान (बाकु) र दुवई भ्रमणसँगै अवार्ड कार्यक्रम पनि हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मुख्य कार्यक्रम भने २०७९ भदौ २९ गते अर्थात १३ सेप्टेम्बर २०२२ दिन अजरबैजानको राजधानी बाकुमा हुने खड्काले बताए । कार्यक्रममा दुबईको विभिन्न संघरसंस्था, सामाजिक व्यक्तित्व, उद्योगीरव्यवसायी गरी करिब ४ सय जनाको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कार्यक्रममा नेपालबाट अर्वाड पाउने व्यक्ति, विज्ञापनदाता, सञ्चारकर्मीहरु, राजनैतिक दलका नेता, जनप्रतिनिधिहरु, सांसद, विभिन्न संघ÷संस्था, सामाजिक व्यक्तित्व, उद्योगी एवम् व्यवसायीलगायतको सहभागीता रहने छ । अनलाइन गुगल फाराम भरेर पनि अवार्ड कार्यक्रममा सहभागी हुन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अनलाइनमार्फत् आएका आवेदन अध्ययन गरेर अवार्ड प्रदान गरिने निर्णायक ज्ञानेन्द्र बर्तौलाले जानकारी दिए ।