हेटौंडाका दुई युवा प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ श्रावण २३,सोमबार १५:४३
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नयाँपुलस्थित बाटोबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा–१२ पदमपोखरीका २८ वर्षीय रमेश बिक र २८ वर्षीय सजन बिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई अस्थाई प्रहरी पोष्ट थानाभर्‍याङबाट गस्तीमा खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १६ एम्पुल नुर्फिन, १६ एम्पुल फेनारगन र १६ एम्पुल डाइजेपाम बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।