समाचार

आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार, असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ ।...

आजको मौसमः केही स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । मौस पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल सुदुरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...

निर्वाचनको लागि एमालेले आज दल दर्ता गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज दल दर्ता गर्ने भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर...

प्रल्हाद लामिछाने नेकपा माओवादीको केन्द्रीय सदस्यमा मनोनित

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मकवानपुरका नेता प्रल्हाद लामिछाने मनोनित भएका छन् । नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको सोमबार बसेको बैठकमा लामिछाने केन्द्रीय सदस्य भएको सर्कुलर आएको हो । लामो समयदेखि राजनितीमा सक्रिय लामिछाने जनयुद्ध ताका मकवानपुर सेक्रेटरी, राज्य समिति सदस्य, मकवानपुर जिल्ला सह– इन्चार्ज...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । उक्त बैठकमा विभिन्न जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने प्रतिनिधि सभा सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी...

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, खड्का २६ गतेसम्म चीनमा रहने छन् । उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा...

बागमती प्रदेशमा सकियो ९३ प्रतिशत रोपाईं, कुन जिल्लामा कति ?

मकवानपुर । बागमती प्रदेशमा हालसम्म ९३ प्रतिशत रोपाईं सकिएको छ । प्रदेशको १३ जिल्लामा १ लाख २० हजार ५६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्दछ । त्यसमध्ये १ लाख ११ हजार ८९८ हेक्टरमा रोपाईं सकिएको कृषि विकास निर्देशनालय हेटौंडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिए । बागमती प्रदेशको ‘अन्नको भण्डार’...

नागरिकतामा अपमानजनक नाम राख्न नपाइने

काठमाडौं । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी सो बारे जानकारी गराएको हो । उनका अनुसार, अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको...

सशस्त्र प्रहरीका जवान चरेशसहित पक्राउ

कैलाली । सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागुऔषध चरेशसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशी रहेका छन् । बझाङ स्थायी घर भएका उनी लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनको पिछा गरेको थियो । उनलाई धनगढीको भन्सार रोडमा रहेको...

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकमा तीन वटा प्रतिवेदन पेश भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गरेका हुन् । बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८, राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक...