निर्वाचनको लागि एमालेले आज दल दर्ता गर्ने

तु खबर संवाददाता
२०७९ श्रावण २४,मंगलवार ०८:४९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज दल दर्ता गर्ने भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो ।

पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता कार्यकर्ता दिउँसो १२ः३० बजे आयोग पुग्ने तयारी छ । निर्वाचन आयोगले आमनिर्वाचनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो ।