समाचार
१३३ जना विदेशीलाई गरियो नेपालबाट निष्काशन
काठमाडौं । सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानुनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरेको छ । बैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरूलाई निष्काशन गरिएको अध्यागमन विभागले जनाएको छ । नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिक रहेका छन् । गत बैशाखदेखि...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, आज बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित...
अझै ६८ स्थानीय तहले बजेट सार्वजनिक गर्न बाँकी
काठमाडौं । सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् । देशभर ७५३ स्थानीय तहमध्ये ६८५ स्थानीय तहले मात्रै बजेट पेस गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने...
कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण दिने
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण दिने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही साउन ३० र ३१ गते थरी दुई दिन अभिमुखीकरण दिने भएको हो । ललितपुरमा हुने उक्त अभिमुखीकरणमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता हुने...
अब सहचालकलाई पनि लाइसेन्स
काठमाडौं । सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक (परिचालक) लाई पनि लाइसेन्स दिने व्यवस्था लागू हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्र (लाइसेनस) को व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो ।...
७४ लाखसहित ३ जना हुण्डी कारोबारी पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदिप आचार्य रहेका छन् । उनीहरुलाई राजधानीको ठहिँटीबाट नगद ७४ लाख रुपैयाँसहित सोमबार साँझ पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान...
नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा
काठमाडौं । नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी गराएका हुन् । उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे । गठबन्धनमा संलग्न बीजेपीसँग...
पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार भन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । सो अवधिमा ६ हजार ३०० जनाको नमुना परीक्षण गर्दा १ हजार ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा जसमध्ये २ हजार ९५८ जनाको...
यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय
मकवानपुर । बागमती प्रदेशको मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्नेदेखि कर्मचारीलाई महंगी भत्ता उपलब्ध गराउनेसम्मका निर्णय गरेको हो । मन्त्रिपरिषद्ले पुनः २ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ । निर्वाचनको मिति तोकीएसँगै...










