७४ लाखसहित ३ जना हुण्डी कारोबारी पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण २४, मंगलवार १७:२१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले काठमाडौंबाट हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदिप आचार्य रहेका छन् ।

उनीहरुलाई राजधानीको ठहिँटीबाट नगद ७४ लाख रुपैयाँसहित सोमबार साँझ पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीले पक्राउ परेकाको साथबाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद गरेको जनाइएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।