पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार भन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । सो अवधिमा ६ हजार ३०० जनाको नमुना परीक्षण गर्दा १ हजार ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा जसमध्ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने ४३८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन् ।
