समाचार

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । प्रदेश युवा परिषद्को आयोजनामा बुधबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडा जेसिजको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो । युवा परिषद्ले दिवसका अवसरका सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन रक्तादन कार्यक्रम गरेको हो । हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रमको उद्घाटन बागमती...

हेटौंडा–१८ मा वर्थिङ सेन्टर भवनको शिलान्यास

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को रामधुनीस्थित हर्नामाडी स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमबीच हेटौंडा–१८ का वडाध्यक्ष अनिलकुमार बाँनियाँले उक्त वर्थिङ सेन्टर भवनको शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै वडाध्यक्ष बाँनियाले वर्थिङ सेन्टर निर्माण पनि हेटौंडा–१७ र १८, बकैया...

तोकिएकै मितिमा निर्वाचन हुन्छ, समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको छ– मन्त्री पौडेल

मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने बताएका छन् । आज हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले चुनावमा जितहार जसको भएपनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख आवश्यकता भएको बताए । नेकपा...

बुधबार नेप्से झिनो अंकले घट्यो, १ अर्क ९३ करोडको कारोबार

काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक ५ दशलव ११ अंकले घटेर २०५७ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन ४५ अंकले घटेको शेयर बजारमा आज पनि झिनो अंकको गिरावट आएको हो । नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनेबच हुँदा...

एकै परिवारका तीन जना मृत फेला

धनगढी । बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्वर ९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई छोरा–छोरी मृत फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय...

आज नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच भेटवार्ता हुने

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज भेटवार्ता हुने भएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राती चीन प्रस्थान गरेका मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् । चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न...

उच्च अदालतमा २७ न्यायाधीश पदका लागि २७७ जनाको निवेदन

काठमाडौं । उच्च अदालतमा रिक्त २७ न्यायाधीशका लागि २७७ जनाको निवेदन परेको छ । संविधान अनुसार उच्च अदालतको न्यायाधीश पदका लागि योग्यता पुगेका जिल्ला न्यायाधीश, न्याय सेवाका कर्मचारी, कानुन व्यवसायी लगायतले आवेदन दिएका हुन् । नेपालको संविधानको धारा १४० मा उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यता...

भक्तपुरको मनोहरा खोला बस्तीमा पस्यो

काठमाडौं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार रात बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका–४ निलोपुल नजिक रहेको...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडै रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । मंगलबार राति धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से २ प ५२८२ नम्बरको मोटरसाइकल...

नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिँदै

भारत । मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । उनले भाजपाबाहेक जेडीयू र अन्य ससना दलहरूको सहयोगमा बन्ने महागठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्ने प्राप्त विवरणहरूमा जनाइएको छ । ९...