अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । प्रदेश युवा परिषद्को आयोजनामा बुधबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडा जेसिजको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
युवा परिषद्ले दिवसका अवसरका सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन रक्तादन कार्यक्रम गरेको हो । हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले गरेका हुन् ।
कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले प्रदेश युवा परिषद्ले विभिन्न समयमा रक्तादन कार्यक्रम गरिरहेको स्मरण गराएका थिए । कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे लगायतकाको आतिथ्यता रहेको थियो ।