समाचार

ए डिभिजन लिग पुस ८ गतेबाट हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ । बुधबार एन्फा कम्प्लेक्समा बसिरहेको एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ गतेबाट चैत ४ गतेसम्म संचालन गर्ने निर्णय गरेको हो । त्यस्तै, सी डिभिजन लिग असोज १...

पूर्व वडाध्यक्ष श्रेष्ठ मृत अवस्थामा फेला

स्याङजा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर ९ का पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । प्रहरीका अनुसार, भित्री कच्ची सडकमा ग १६ प ५४६१ नम्वरको...

बिहीबार १९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पाँचौं दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयर बजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक १९ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा १ अर्ब ७६ करोडमाथिको मात्रै...

निर्वाचन आयोग : २१ राजनीतिक दल दर्ता

काठमाडौं । निर्वाचन आयोगमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार,...

मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिका वडा नम्वर–९ खरंगामा एम्बुलेन्सको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई खरंगास्थित छोरीको घरमा बस्दै आएकी ५२ बर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा न्मवर २९ मा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । बुधबार राति मुग्लिन–नारायणगढ सडकखण्डस्थित जुगेडीमा भरतपुरबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय हाल नाम, थर, बतन...

सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बिहीबार बस्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो । निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन...

वन दिवसको अवसरमा सतिसालको बीउ रोपियो

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्तिपुरस्थित जनहित सामुदायिक वन क्षेत्रमा सतिसालको बीउ रोपिएको छ । डिभिजन वन कार्यालय राप्ती, मनहरीले ५ औं सामुदायिक वन दिवसको अवसरमा नेपालको जंगलबाट लोप हुने अवस्थामा पुगेको सतिसालको बीउ उत्पादन गर्ने उद्देश्यसहित बुधबार रोपिएको हो । सब डिभिजन वन कार्यालय बसामाडी जनहित...

हेटौंडाका पसल/व्यवसायको अनुगमन, ५ वटालाई जरिवाना

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिकाभित्र संचालनमा रहेका पसल व्यवसायहरुको अनुगमन गरेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका, उद्योग वाणिज्य संघ मकवानपुर, उपभोक्ता सित संरक्षण मञ्चसहितको पाँच वटा टोलीले बुधबार हेटौंडा उपमहानगरभित्र संचालित ५४ वटा व्यवसायिक पसल अनुगमन गरेको हो ।...

आज बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश एक, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै,...