निर्वाचन आयोग : २१ राजनीतिक दल दर्ता

तु खबर संवाददाता
२०७९ श्रावण २६, बिहीबार १५:२८

काठमाडौं । निर्वाचन आयोगमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् ।

अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै, थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन् ।