ट्रकको ठक्करबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण २६,बिहीबार १०:०६
सांकेतिक तस्वीर

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा न्मवर २९ मा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । बुधबार राति मुग्लिन–नारायणगढ सडकखण्डस्थित जुगेडीमा भरतपुरबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय हाल नाम, थर, बतन नखुलेका पैदलयात्री रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको जनाइएको छ ।