वन दिवसको अवसरमा सतिसालको बीउ रोपियो

तु खबर संवाददाता
२०७९ श्रावण २६, बिहीबार ०९:३४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्तिपुरस्थित जनहित सामुदायिक वन क्षेत्रमा सतिसालको बीउ रोपिएको छ । डिभिजन वन कार्यालय राप्ती, मनहरीले ५ औं सामुदायिक वन दिवसको अवसरमा नेपालको जंगलबाट लोप हुने अवस्थामा पुगेको सतिसालको बीउ उत्पादन गर्ने उद्देश्यसहित बुधबार रोपिएको हो ।

सब डिभिजन वन कार्यालय बसामाडी जनहित सामुदायिक वन उपभोक्ता समूहको सह–आयोजनामा भएको कार्यक्रममा ३ सय भन्दाबढी सतिसालका बिरुवा रोपिएको जनाइएको छ ।

डिभिजन वन कार्यालय राप्तीका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमूख आतिथ्यता एवम् मन्त्रालयका सचिव यज्ञनाथ दाहालको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा निर्मल बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष बिष्णुहरि पण्डित, क्याम्पस प्रमुख सुभाषचन्द्र कँडेल, पत्रकार महासंघ मकवानपुरका पूर्ब अध्यक्ष भानुभक्त आचार्य, भलिबल संघ मकवानपुरका अध्यक्ष बसन्त सिटौला, वन कार्यालयका अधिकृतहरुलगायतको सहभागिता रहेको थियो ।