समाचार
खोलामा डुबेर दुई बालबालिकाको मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार बेलुका पौडी खेल्न घरबाट...
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । महाशाखाका अनुसार, शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार भने देशका पहाडी...
आज रक्षाबन्धन एवम् जनै पूर्णिमा मनाइँदै
मकवानपुर । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज शुक्रबार मनाइँदैछ । यस अवसरमा विधिपूर्वक स्नान गरी ऋषि तर्पण र हातमा डोरो धारण गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक तयार गरेको यज्ञोपवीत एवं डोरो लगाउँदा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।...
विद्युत प्राधिकरणको आयोजनामा रक्तदान कार्यक्रम
मकवानपुर । नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बिहीबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्राधिकरणले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए । जसमा ७ जना महिला र ४५ जना...
कोरोना संक्रमणबाट मकवानपुरका एक पुरुषको मृत्यु
मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर १ का ६० वर्षीय पुरुष रहेका छन् । ती पुरुषको भरतपुर अस्पतालको कोभिड आइसियू कक्षमा उपचारको क्रममा बुधबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई...
‘विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरित’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगीकृत सम्बन्धि व्यवस्था राष्ट्रहित विपरित रहेको बताएका छन् । अध्यक्ष थापाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुरा बताएका हुन् । ‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादास्पद छ,’ थापाले भने, ‘विवाह गरेर...
आगामी निर्वाचनका लागि एमालेले बनायो विभिन्न समिति
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनको घोषणापत्र निर्माण र चुनावी परिचालन समिति गठन गरेको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले ८ सदस्यीय चुनावी...
सत्ता गठबन्धन कार्यदल बैठक : मोडालिटीबारे सकारात्मक छलफल
काठमाडौं । सत्ता गठबन्धनको आज बसेको कार्यदल बैठक सकिएको छ । बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो । कार्यदलमा आज छलफल भएको...
कोरोना संक्रमणका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना संक्रमित थपिए
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एकैदिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकैदिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । संक्रमणका कारण हालसम्म देशभरका ११ हजार ९८२ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा...
नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा विश्वदीप पाण्डे
काठमाडौं । नेपाल समाजवादी पार्टीले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा विश्वदीप पाण्डेलाई दिएको छ । आज काठमाडौंमा बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी निर्वाह गरेका पाण्डे राष्ट्रिय...










