विद्युत प्राधिकरणको आयोजनामा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७९ श्रावण २६, बिहीबार १८:४१

मकवानपुर । नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बिहीबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्राधिकरणले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए । जसमा ७ जना महिला र ४५ जना पुरुष रहेका छन् ।

उद्घाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बागमती प्रदेशका डिभिजन प्रमुख दिपेन्द्रराज सुवेदी, प्रशासन प्रमुख रामचन्द्र पौडेल, रक्तदान कार्यक्रम उप–समितिका संयोजक प्रेमप्रसाद दुलाल, सहायक प्रशासकीय अधिकृत भरत भण्डारी, प्रशासन अधिकृत तारा विष्ट, प्राविधिक बिजय थिङ, रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमाल, किशोर सापकोटा लगायतकाको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा साउन १६ गतेदेखि २१ गतेसम्म ब्याटमिन्टन प्रतियोगिता भएको थियो । साउन ३१ गते सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिने छ । यस डिभिजन अन्र्तगत ६ वटा वितरण केन्द्रहरु रहेका छन् । मकवानपुरको पालुङ र हेटौंडा, चितवनको चनौली, भरक्तपुर, रत्ननगर टाँडी वितरण केन्द्र र सिन्धुली जिल्लाको सिन्धुली वितरण केन्द्र रहेका छन् ।