कार्तिकमा १५७ जनाले गरे रक्तदान

मकवानपुर । रक्तसञ्चार केन्द्र हेटौंडामा कात्तिक महिनामा एक सय ५७ जनाले रक्तदान गरेका छन् ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको विभिन्न रक्तदान कार्यक्रम एवम् केन्द्रमै पुगेर उनीहरुले रगत दान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए ।
उनका अनुसार, तीमध्ये १ सय २१ जनाले विभिन्न कार्यक्रममा र ३६ जनाले केन्द्रमै पुगेर रक्तदान गरेका हुन् ।
कात्तिक महिनामा जम्मा ४ वटा कार्यक्रम भएको थियो । जसमा न्यु भिजन गु्रप, जेसिआई हेटौंडा लेडी, ईन्द्रसरोवर गाउँपालिकास्थित मितेरी बचत तथा रिन सहकारी संस्था र शिखर ईन्सुरेन्स मकवानपुरले विभिन्न मितिमा कार्यक्रमको आयोजना गरेको प्राविधिक सापकोटाले बताए ।