समाचार

मोटरसाइकलको ठक्करबाट राईको

चितवन । चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८२ वर्षीया फुलमाया राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, प्यारीढापबाट भण्डारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको...

शेखर समूहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर शेरबहादुर देउवाप्रति असन्तुष्ट शेखर कोइराला समूहको बैठक आज बैस्दैछ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप उक्त निर्णयविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक आज बस्न लागेका हुन् । दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जनाएको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । हाल देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...

पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

काठमाडौं । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरूका अनुसार, विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो । बीबीसीका अनुसार, पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे । त्यसपछि उनले सोही हतियारको...

महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शुक्रबार दिउँसो १ बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भएपनि प्रहरी र...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ९ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । उक्त बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल हुनेछ । केन्द्रीय कार्यसम्पादन समितिका...

५० जिल्लाका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने

काठमाडौं । सरकारले आगामी भदौ महिनामा ५० जिल्लाका ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ । सो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप आगामी भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौं २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रामा खोप...

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन् । शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनका अनुसार, आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ...

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको छ । शनिबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको नेता विमलेन्द्र निधिले जानकारी दिए । उक्त बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुने उनको भनाइ छ...

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी हेटौंडामा प्रभातफेरी

मकवानपुर । २२ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी प्रदेश युवा परिषद् बागमतीले ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुल नारासहित हेटौंडामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको प्रभातफेरी कार्यक्रममा सरोकारवाला संघ÷संस्था, राजनीतिक दलका युवाहरु तथा विद्यार्थीहरुको...