समाचार
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मनसुनमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको...
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे शुरू हुने भएको हो । उक्त बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने संसद सचिवालयले जनाएको छ । आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल...
थप २६३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
मकवानपुर । नेपालमा थप २६३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १६५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १६२ जना र एन्टिजेन विधिबाट १०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ । यस्तै, सो अवधिमा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट...
नेपाल मगर संघ मकवानपुरको अध्यक्षमा सन्देश तुम्सिङ
मकवानपुर । नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा सन्देश तुम्सिङ मगर निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनबाट सन्देश तुम्सिङ मगरको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति चयन भएको हो । समितिको उपाध्यक्षमा उर्मिला राना मगर, सचिवमा महेन्द्र राना मगर, सह–सचिवमा भूपेन्द्र राना...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पदयात्रा
मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले शनिबार पदयात्रा आयोजना गरेको छ । युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पाँचौ दिन पदयात्रा गरेको हो । “पर्यटन प्रवर्द्धन युवा पदयात्रा” भन्ने नाराका साथ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित सिँचाइटोलबाट सुरु भएको पदयात्रा मनकामना मन्दिर...
मकवानपुरका राई मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा एक महिला शव फेला परेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर १ बोटगाउँकी ५५ वर्षीया दम कुमारी राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राईको शव शुक्रबार राति ८ बजेको समयमा आफ्नैै घरदेखि १ सय मिटर पर फेला...
नेपाली कांग्रेसको निर्वाचन केन्द्रित अभियान सर्यो
काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ । आगामी भदौ २ गतेदेखि २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको बैठकले अभियानलाई छोट्याएर केही दिन पछि सार्ने निर्णय गरेको हो । भदौ १०...
दुर्घटनामा परेर दुई डीएसपीसहित ५ जना घाइते
रुकुम (पूर्व) । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँएर दुर्घटना हुँदा दुई जना प्रहरी नायव उपरीक्षक (डिएसपी) सहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् । सदरमुकाम रुकुमकोटबाट...
हेटौंडा राउण्ड टेवल नेपालको आयोजनामा वृक्षारोपण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा राउण्ड टेवल नेपालले आज शनिबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित प्रहारी चौकी नजिकै वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । हेटौंडा राउण्ड टेवल नेपालका अध्यक्ष आशिष अग्रवालका अनुसार,५ ओटा बाल्टिनमा कोटन जातका ५...
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर सभापतिमा न्यौपाने
मकवानपुर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर सभापतिमा राजकुमार न्यौपाने चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको बागमती प्रदेश भेलाले न्यौपानेलाई सभापतिमा चयन गरेको हो । न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । यसैगरी, भेलाले पार्टीको...










