राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर सभापतिमा न्यौपाने

तु खबर संवाददाता
२०७९ श्रावण २८, शनिबार १०:००
file-photo

मकवानपुर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर सभापतिमा राजकुमार न्यौपाने चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको बागमती प्रदेश भेलाले न्यौपानेलाई सभापतिमा चयन गरेको हो ।

न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । यसैगरी, भेलाले पार्टीको मकवानपुर सचिवमा रामचन्द्र आचार्यलाई चयन गरेको छ भने हेटौंडा उपमहानगरपालिका सभापतिमा सन्तोष न्यौपानेलाई चयन गरेको छ । सभापतिमा न्यौपानेले अहिले दुई जना पदाधिकारी रहेको तदर्थ समितिमात्र निर्माण भएको र बाँकी निर्वाचन पछि अधिवेशन गरेर चयन हुने जानकारी दिए ।