हेटौंडा राउण्ड टेवल नेपालको आयोजनामा वृक्षारोपण

तु खबर संवाददाता
२०७९ श्रावण २८, शनिबार १०:११

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा राउण्ड टेवल नेपालले आज शनिबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित प्रहारी चौकी नजिकै वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

हेटौंडा राउण्ड टेवल नेपालका अध्यक्ष आशिष अग्रवालका अनुसार,५ ओटा बाल्टिनमा कोटन जातका ५ वटा विरुवा प्रहारी चौकी नजिक रोपिएको हो ।  हेटौंडामा दिन प्रतिदिन सडक कुरुप हुँदै गएका कारण सडक हरियाली र सुन्दरका साथै वातावरण मैत्री रहोस् भन्ने उद्देश्यसहित आफुहरुले सकेको गर्न खोजेको उनले बताए । उनले आगामी दिनहरुमा पनि यस्तै प्रकारका कार्यक्रमको आयोजना गर्ने बताए ।

वृक्षारोपण कार्यक्रममा हेटौंडा राउण्ड टेवल नेपालका अध्यक्ष आशिष अग्रवालसहित अछत अग्रवाल, रवि अग्रवाल, अन्जनी अग्रवाल, विकास जलान, रहुल जलान, हेटौंडा प्रहारी चौकी रातोमाटेका इन्चार्ज विश्नु चौधरीलगायतको सहभागिता रहेको थियो ।