मकवानपुरका राई मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ श्रावण २८, शनिबार १६:०३
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा एक महिला शव फेला परेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर १ बोटगाउँकी ५५ वर्षीया दम कुमारी राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राईको शव शुक्रबार राति ८ बजेको समयमा आफ्नैै घरदेखि १ सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुुरका प्रहरी प्रवक्ता टेकबहादुुर कार्कीले जानकारी दिए । उनका अनुसार, स्थानीयले राई मृतमा अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको थियो । राईको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पातालमा राखिएको जनाइएको छ ।