समाचार
प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभामा निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आइतबार बिहान खुमलटार पुगेका डा. भट्टराई र अध्यक्ष प्रचण्डबीच आसन्न निर्वाचनमा एउटै चुनाव चिन्ह...
आइतबार शेयर बजारमा २७ अंकको गिरावट
काठमाडौं । मौद्रिक नीतिपछि केही सुधार देखिएको शेयर बजार फेरी ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक १.३७ प्रतिशतले घट्दा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७...
प्रतिनिधि सभाबाट बीमा विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा बैठक हाल जारी छ । हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ । सो विधेयक पनि आजै...
मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णयहरु
काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद्का निर्णय...
पहिरोले पुरिएर डोजर चालकको मृत्यु
डोल्पा । डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १९ राझा मोहोनपुर बस्ने ३२ वर्षीय सुरज बसाल मगर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरीका अनुसार, आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्वर ३...
सरकारी जागिर छाडेर आफ्नै व्यवसायमा
मकवानपुर । सरकारी जागिर छाडेर व्यवसायमा भन्दा नौलो लाग्न सक्छ । तर, हेटौंडाका विष्णुहरि न्यौपाने (जिके विष्णु) सरकारी जागिर छाडेर अहिले हार्डवेयरको व्यवसायमा जमेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ११ गोल्फिन्टारमा जन्मिएका न्यौपानेले झण्डै ६ वर्षसम्म आवद्ध भएको सशस्त्र प्रहरी बल नेपालको जागिर छाडेर अहिले हार्डवेयर सञ्चालन गरी...
मकवानपुरमा एक महिलाको शव फेला
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । गएराति गाउँपालिकाको वडा नम्वर ४ को छापडाँडाकी ४८ वर्षीया सानो कान्छी भोलन आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) टेकबहादुर कार्कीका अनुसार, मृतक घरमा एक्लै बस्दै...
पालुङटारमा पुरुषको शव फेला
काठमाडौं । गोरखाको पालुङटारमा एक युवाको शव फेला परेको छ । पालुङटार नगरपालिका वडा नम्वर ५ चिसापानीमा अन्दाजी ३७ वर्षका बुद्धिबहादुर विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ । प्रहरीका अनुसार, गएराति १२ बजेतिर बाटोमा मानिस लडिरहेको छ भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले विकको...
प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा ४० दल दर्ता
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ४० राजनीतिक दल दर्ता भएका छन् । दल दताए गर्न ३ दिनमा मात्र बाँकी हुँदा ४० वटा दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनका अनुसार, आगामी साउन ३१ गतेसम्मका लागि...
भदौ ५ देखि ५० जिल्लाका बालबालिलाई कोरोनाविरुद्धको खोप दिइने
काठमाडौं । सरकारले आगामी भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका...









