मकवानपुरमा एक महिलाको शव फेला

तु खबर संवाददाता
२०७९ श्रावण २९, आईतवार १०:२२

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । गएराति गाउँपालिकाको वडा नम्वर ४ को छापडाँडाकी ४८ वर्षीया सानो कान्छी भोलन आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) टेकबहादुर कार्कीका अनुसार, मृतक घरमा एक्लै बस्दै आएकी थिइन् । उनको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको जनाइएको छ ।