समाचार

सरकारले ५२२ अस्थायी अधिकृत थपिँदै

काठमाडौं । सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सबैभन्दा बढी ३ सय ५५ वटा पद स्वीकृत गरिएको छ । यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । उक्त बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । डा. भट्टराईले आगामी...

रुपन्देहीमा एक युवमाथि गोली प्रहार

बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया–४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड...

मंसिर ३ गतेसम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मंसिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताले भोट हाल्न पाउने निर्णय गरेको हो । आयोगले आम निर्वाचनमा साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता...

प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते

दाङ । प्युठानमा जीप दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन् । आइतबार साझ ५ बजे बागदुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर...

बेलायत पठाइदिन्छु भनेर १५ लाख ठगी गर्ने राई प्रहरीको फन्दामा

काठमाडौं । बेलायत पठाइदिन्छु भनेर ५ जनासँग १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–१ का प्रकाश राई रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका राईले अमिर श्रेष्ठसहित ५ जनालाई सिजनल भिसामा बेलायत पठाइदिन भन्दै...

कोमल वलीले दाङ ३ बाट चुनाव लड्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् । तत्कालीन बाम गठबन्धनबाट नेकपा एमालेका नेता हिराचन्द्र केसी नेकपा एकीकृत समाजवादीतिर गएपछि वलीले एमालेबाट चुनाव लड्ने तयारी गरेकी हुन् । ‘मैले २०७४ सालको चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी...

थप ४५५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ४५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा...

संसदीय निर्वाचन : सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले आइतबार विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने जानकारी गराएका...

आसन्न निर्वाचनमा ‘म्यादी प्रहरी’ को सट्टा ‘पूर्व सुरक्षाकर्मी’ परिचालन गर्न आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षामा म्यादी प्रहरीको सट्टा पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवा दललाई प्रयोग गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो बारेमा जानकारी गराएका...