संसदीय निर्वाचन : सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने
काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले आइतबार विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने जानकारी गराएका हुन् ।
त्यसका लागि आयोगले निर्वाचन कार्यविधि संशोधन गर्ने वा निर्वाचन आचार संहितामा उम्मेदवारी दिँदा सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान राख्ने तयारी गरेको उनले बताए । यसबारे राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको आयोगको भनाई छ ।
