समाचार

राप्रपा नेपालको केन्द्रीय समिती बैठक बस्दै

काठमाडौं । कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रीय कार्य समितीको बैठक आज पनि बस्दैछ । अध्यक्ष कमल थापाले प्रस्तुत गरेको वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले आज पनि धारणा राख्ने छन् । जारी बैठकमा महामन्त्री भाष्कर भद्राले पेश गरेको...

आजको मौसम : आंशिक बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा आंशिक बदली रहने जनाएको छ । हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भैरहेको छ । यस्तै, दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

९० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

सिरहा । लहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाँजा ९० किलोसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको हो । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

कठामाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, बैठकमा अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६...

चुनावी तालमेल गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न राजनितिक तालमेल गर्ने निर्णय गरेको हो । बैठकले दलसँग गठबन्धन, तालमेल...

स्थापना दिवसको अवसरमा सरसफाई र रक्तदान कार्यक्रमको आयोजना

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सरसफाई र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीले आफ्नो १० औं स्थापना दिवसको अवसरमा पारेर सोमबार हेटौंडा–२ स्थित मनकामना चोक हुँदै मनकामना मन्दिर जाने बाटो हेटौंडा–५ स्थित सिँचाइ टोलसम्मको बाटो सरसफाइ गरेको हो...

सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गर्यौं : मन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका छन् । स्वास्थ्य मन्त्रालय अन्तरगतका कार्यालयहरुको वार्षिक समिक्षा बैठक एवम् मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री लामाले सो कुरा बताएका हुन् । मन्त्री लामाले संघीय एवम् प्रदेश सरकारको समन्वय स्वास्थ्यकर्मीको...

म्यानेजमेन्टद्वारा ७ जना विद्यार्थीलाई सम्मान

मकवानपुर । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले ७ जना विद्यार्थीलाई सम्मान गरेको छ । म्यानेजमेन्टले कक्षा ११ र १२ अध्ययन पूरा गरी चिकित्साशास्त्र अध्ययन (एमबीबीएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने गरी नाम निकाल्न सफल ७ जना विद्यार्थीलाई आइतबार नगद राशीसहित सम्मान गरेको हो । आइतबार बिहान एक कार्यक्रमको...

मकवानपुरमा ७ जना कोरोना संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा थप ७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा २० जनाको पिसीआर विधिबाट र ५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले आज सोमबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार, पछिल्लो...

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत कार्यालयहरूको वार्षिक समीक्षा बैठक

मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आफु मातहतका प्रदेशस्तरीय कार्यालयहरूको आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समीक्षा बैठक सम्पन्न गरेको छ । स्वास्थ्यमन्त्री निमा लामाको प्रमुख आतिथ्यता एवम् मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ, मन्त्रालयका महाशाखा प्रमुख दिपक तिवारी, नीति...