म्यानेजमेन्टद्वारा ७ जना विद्यार्थीलाई सम्मान
मकवानपुर । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले ७ जना विद्यार्थीलाई सम्मान गरेको छ । म्यानेजमेन्टले कक्षा ११ र १२ अध्ययन पूरा गरी चिकित्साशास्त्र अध्ययन (एमबीबीएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने गरी नाम निकाल्न सफल ७ जना विद्यार्थीलाई आइतबार नगद राशीसहित सम्मान गरेको हो ।
आइतबार बिहान एक कार्यक्रमको आयोजना गरी सहायक प्रिन्सीपल रामपण्डित खनाल, विज्ञान संकाय संयोजक भोलानाथ गौतमलगायतले विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने गरी नाम निकाल्न सफल हुनेहरुमा मोहम्मद अकिव आलम, अनुप सुवेदी, सञ्जीव राय, श्रीराम पौडेल, साना खातुन, रिकेश कुमार पण्डित र निशा कुमारी चौधरी रहेका छन् ।
