आजको मौसम : आंशिक बदली रहने
२०७९ श्रावण ३१, मंगलवार ०८:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा आंशिक बदली रहने जनाएको छ । हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भैरहेको छ ।
यस्तै, दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, बुधबार भने गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
वर्षाको सम्भावना रहेका पहाडी भू–भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
