पहिरोले पुरिएर डोजर चालकको मृत्यु
डोल्पा । डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १९ राझा मोहोनपुर बस्ने ३२ वर्षीय सुरज बसाल मगर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार, आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्वर ३ जिऊ भन्ने स्थानमा बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । पहिरोले स्काभेटर पुरिँदा चालक सुरजको मृत्यु भएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
