थप २६३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण २८, शनिबार १६:३१
file-photo

मकवानपुर । नेपालमा थप २६३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १६५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १६२ जना र एन्टिजेन विधिबाट १०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।

यस्तै, सो अवधिमा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ भने ५०१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म देशभर कोभिडबाट ११ हजार ९८६ को मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३४ पुगेको छ । देशभर थप १ लाख २७ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।