शेखर समूहको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर शेरबहादुर देउवाप्रति असन्तुष्ट शेखर कोइराला समूहको बैठक आज बैस्दैछ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप उक्त निर्णयविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक आज बस्न लागेका हुन् ।
दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाएको एक नेताले बताए । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय ती नेताले बताए ।
