‘विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरित’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगीकृत सम्बन्धि व्यवस्था राष्ट्रहित विपरित रहेको बताएका छन् । अध्यक्ष थापाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुरा बताएका हुन् ।
‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादास्पद छ,’ थापाले भने, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिन सकिने वैवाहिक अंगीकृत सम्बन्धि व्यवस्था राष्ट्रहित विपरित र आपत्तिजनक छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधनसम्बन्धी विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देशको लागि हित हुने समेत उनले बताएका छन् ।
