बुधबार नेप्से झिनो अंकले घट्यो, १ अर्क ९३ करोडको कारोबार

तु खबर संवाददाता
२०७९ श्रावण २५,बुधबार १६:०३

काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक ५ दशलव ११ अंकले घटेर २०५७ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन ४५ अंकले घटेको शेयर बजारमा आज पनि झिनो अंकको गिरावट आएको हो ।

नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनेबच हुँदा १ अर्ब ९३ करोडमाथिको कारोबार भएको छ । बैकिङ्ग क्षेत्रबाट अर्बौ अर्बको रकम बाहिरिन थालेसँगै शेयरबजार समेत घट्न पुगेको छ । बैकिङ्ग प्रणालीमा बैंकहरु कर्जा दिनै अवस्थामा पुगिसकेका छन् । यसको प्रभाव शेयर बजारमा पर्न गएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन समूह र लगानी समूह बाहेकका सबै सूचक राताम्य छन् । उत्पादन तथा प्रशोधन समूहको ०.५ प्रतिशत र लगानी समूहको ०.६९ प्रतिशतले बढेको छ । त्यस्तै, सर्वाधिक घट्नेमा व्यापार समूहको आज १.४९ प्रतिशतले घट्न पुगेको छ ।