समाचार
हेटौंडाका पाण्डे प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बस्ने २५ वर्षीय सन्तोष पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पाण्डेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–११ राप्तीचोकस्थित सडकखण्डबाट सोमबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक टेकबहादुर...
हेटौंडामा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा एक पुरुषको शव फेला परेको छ । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० न्युरेनीस्थित ईस्वरी खड्कीको बंगुर फार्ममा अन्दाजी ६५ वर्षीय सूर्य श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, मृतक श्रेष्ठको ठेगाना खुलेकोे छैन । श्रेष्ठ ज्याला मजुदुरी गरी...
सुनको भाउ प्रतितोला ९६ हजार ९०० पुग्यो
काठमाडौँ । सुनचाँदीको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य बढेको हो । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको...
परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का तीन दिवसीय भ्रमणका सिलसिलामा मंगलबार चीन जाँदैछन् । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । अमेरिकी सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणका कारण चीन र ताइवानबीच तनाव बढिरहेका बेला मन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ दिब्य बालउद्यानपार्कमा मंगलवार विभिन्न प्रजातीका विरुवा रोेपिएको छ । प्रदेश युवा परिषद्को आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी वृक्षारोपण गरिएको हो । युवा परिषद्ले दिवसका अवसरका सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज विभिन्न जातका फलफूल र अरु जातका विरुवा रोपेको हो । रक्तचन्दनको विरुवा रोपेर...
परिवार दलले जनहितको पक्षमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने
मकवानपुर । नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा साउन २२ र २३ गते भौतिक उपस्थिति तथा अनलाइनमार्फत् बैठक सम्पन्न भएको हो । बैठकले वर्षाका कारण बाढी पहिरोबाट पीडित नागरिकहरुलाई तुरुन्त राहत सामग्री उपलब्ध गराउन र बढ्दो महंगी नियन्त्रण गरी आम...
दरबन्दी कटौतीको खाका पठाउन सामान्य प्रशासन मन्त्रालयको परिपत्र
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तह बाहेक सबै सरकारी कार्यालयहरुलाई दरबन्दी कटौतीको खाका पठाउन परिपत्र गरेकोे छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सबै कार्यालयमा बजेटमा घोषणा भएको १० प्रतिशत दरबन्दी कटौतीको खाका १५ दिनभित्र पठाउन परिपत्र गरेको हो । ‘आर्थिक वर्ष...
हरिणको आक्रमणबाट वृद्धाको मृत्यु
जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको हरिणले आक्रमण गर्दा उनको...
हेटौंडाका ५ जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हटियाबाट ५ किलो ४०० ग्राम लागूऔषध खैरोहेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सुवास लामिछाने र हेटौंडा–७ बस्ने २८ वर्षीय बिकेश गौतम रहेका छन्...
दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकको मृत्यु
दमौली । तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको सोमबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गम्भीर घाइते उनको चितवन मेडिकल कलेज भरतपुरमा...









