सुनको भाउ प्रतितोला ९६ हजार ९०० पुग्यो

तु खबर संवाददाता
२०७९ श्रावण २४,मंगलवार १२:४६

काठमाडौँ । सुनचाँदीको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य बढेको हो । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको जनाएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको छ ।